तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन दाङ प्रशासनकाे आग्रह



तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन दाङ प्रशासनकाे आग्रह

दाङ ११ भदौ ।  तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सर्तकता अपनाउन शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । प्रशासनले एक बिज्ञेप्ती जारी गर्दै विज्ञान बिभागले भदौ ११ गते देखि ३ दिन सम्म दाङ लगायत आसपासका क्षेत्रहरुमा अविरल बर्षा र भारी पानी पर्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरेको हो ।

साथै प्रशासनले काठ, दाउँरा लगायत अन्य कामका लागि नदि क्षेत्रमा नजान अनुरोध गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले हस्ताक्षर गरेको विज्ञेप्तीमा तटिय क्षेत्र लगायत अन्य क्षेत्रका बासिन्दालाई पनि उच्च सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे