अबिरल बर्षा संगै खसेको पहिराले बंगलाचुलीमा ५ वटा घर बिस्तापित



अबिरल बर्षा संगै खसेको पहिराले बंगलाचुलीमा ५ वटा घर बिस्तापित

बंगलाचुली ११ भदौ । दाङको बंगलाचुलीमा अबिरल बर्षा संगै गयराती खसेको पहिराका कारण ५ वटा घरपरिवार बिस्तापित भएका छन् । बंगलाचुली गाउँपालिका २ टाकुराको धरमपानी टोलका ५ घर परिवार बिस्तापित भएका हुन् ।

बिस्तापित हुनेमा दिल बहादुर घर्ती, भिम बहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्ती सहित ५ परिवारका २२ जना रहेको वडा सदस्य भिमकुमार बुढाले जानकारी दिए । दिलबहादुर घर्तीको परिवारलाई जनता आवास घर बेडि पोखरामा सारिएको छ भने अन्य ४ परिवारलाई पनि अन्यत्रै सार्ने तयारी भएको उनको भनाई छ ।

पहिरोका कारण दिलबहादुरको घर भासीएको छ भने अन्य ४ घर बस्न नमिल्ने गरि चिराचिरा परेको बताईएको छ । क्षतीको बिवरण भने प्रहरीद्धारा मुचुल्का उठाएपछि आउने वडा सदस्य बुढाले बताए । अहिले पनि निरन्तर बस्ती माथीबाट ढुङ्गा र बस्ती तलबाट पहिरो खसिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे