राप्ती गाउँपालिकाको वार्षिक समिक्षामा २० जना कर्मचारी सम्मानित



राप्ती गाउँपालिकाको वार्षिक समिक्षामा २० जना कर्मचारी सम्मानित

भालुवाङ १० भदौ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा कार्यक्रममा बिहिवार २० जना कर्मचारीहरु सम्मानीत भएका छन् ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमको अवसर पारेर गत आर्थिक वर्षको कामको मुल्याङनको आधारमा राप्ती गाउँपालिकामा कार्यरत कोभिड १९ मा फ्रन्ट लाईनमा रहेर उत्कृष्ट काम गरे वापत ८ जना स्वास्थ्य कर्मचारी, दिर्घसेवा गर्ने ४ जना कर्मचारीलाई दिर्घसेवा सम्मान र पेशागत समर्पण तर्फ ८ जना कर्मचारीलाई सम्मान गरिएको छ ।

दिर्घसेवा सम्मानद्धारा गाउँपालिकाले कृषि विकास अधिकृत महेश अधिकारी, लेखा अधिकृत धनप्रसाद शर्मा, सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्का र महिला विकास निरीक्षक जिवनकुमारी जिसीलाई सम्मान गरिएको छ ।

कोभिड १९ मा फ्रन्ट लाईनमा रहेर उत्कृष्ट काम गरे वापत सम्मान प्राप्त गर्ने स्वास्थ्यकर्मीहरुमा लालमटिया स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. पुष्प भुसाल, सिसहनियाँ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. रेगनसिंह थापा, सिनियर अनमी रमा पौडेल, हेल्थ असिस्टेन्ट निमबहादुर रावत, ल्याव असिस्टेन्ट रमेश चौधरी, कार्यालय सहयोगी डम्बरबहादुर जिसी, एम्वुलेन्स चालक विरबहादुर नेपाली र शत्रुधन चौधरी रहेका छन् ।

त्यसै गरिे गत आर्थिक वर्षको कार्य मुल्याङनको आधारमा पेशागत समर्पण सम्मान तर्फ शिक्षा शाखा प्रमुख विश्वास विक, सञ्चार संयोजक तिर्थराज ज्ञवाली, पशु स्वास्थ्य प्राविधिक पाँचौ कमल पुन मगर, प्रविधिक सहायक कृषि पाँचौ सीमा भट्ट, असिस्टेन्ट सव इन्जीनियर मनिषलाल चौधरी, कार्यालय सहयोगी बनारसी चौधरी, शिवलाल सुवेदी तथा हलुका सवारी चालक निर्मल शर्मालाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे