राप्ती गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रमको समिक्षा, वडा र विषयगत शाखाको प्रतिवेदन पेश



राप्ती गाउँपालिकाको वार्षिक योजना तथा कार्यक्रमको समिक्षा, वडा र विषयगत शाखाको प्रतिवेदन पेश

भालुवाङ १० भदौ । राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा कार्यक्रम बिहिवार गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा ९ वटै वडाका वडा सचिव र पालिकाका विषयगत शाखाका शाखा प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जस अनुसार १ देखि ९ नम्बर वडाका वडा सचिवहरु क्रमश राजेन्द्र पौडेल, सीता आचार्य, दामोदर पोखे्रल, असलेख चौधरी, मंगलप्रसाद चौधरी, सन्चिता पौडेल, शान्ता केसी र शाखा प्रमुखहरु विश्वास विक, नारायण राउत, महेश अधिकारी, बासुदेव खनाल, रेशमराज अधिकारी, शेरबहादुर हमाल, अशोक बेल्वासे, प्रदिप बैदिक, नारायणबहादुर राउत, विकाश ज्ञवाली, तिर्थराज ज्ञवाली, बालचन्द्र गुरुङ, मुमाराम भुसाल, गीता चौधरी, टिका बस्नेत, जिवन कुमारी जिसी, सुवास भट्राई, लगायतले वडा गत तथा शाखा गत प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिवेदनहरु माथि सहभागीहरुले आ आफ्नो जिज्ञासा तथा सुझाव राखेका थिए । समिक्षा कार्यक्रमको अवसर पारेर गत आर्थिक वर्षको कामको मुल्याङनको आधारमा राप्ती गाउँपालिकामा कार्यरत कोभिड १९ मा फ्रन्ट लाईनमा रहेर उत्कृष्ट काम गरे वापत ८ जना स्वास्थ्य कर्मचारी, दिर्घसेवा गर्ने ४ जना कर्मचारीलाई दिर्घसेवा सम्मान र पेशागत समर्पण तर्फ ८ जना कर्मचारीलाई सम्मान समेत गरिएको छ ।

दिर्घसेवा सम्मानद्धारा गाउँपालिकाले कृषि विकास अधिकृत महेश अधिकारी, लेखा अधिकृत धनप्रसाद शर्मा, सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्का र महिला विकास निरीक्षक जिवनकुमारी जिसीलाई सम्मान गरिएको छ । कोभिड १९ मा फ्रन्ट लाईनमा रहेर उत्कृष्ट काम गरे वापत सम्मान प्राप्त गर्ने स्वास्थ्यकर्मीहरुमा लालमटिया स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. पुष्प भुसाल, सिसहनियाँ स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. रेगनसिंह थापा, सिनियर अनमी रमा पौडेल, हेल्थ असिस्टेन्ट निमबहादुर रावत, ल्याव असिस्टेन्ट रमेश चौधरी, कार्यालय सहयोगी डम्बरबहादुर जिसी, एम्वुलेन्स चालक विरबहादुर नेपाली र शत्रुधन चौधरी रहेका छन् ।

त्यसै गरिे गत आर्थिक वर्षको कार्य मुल्याङनको आधारमा पेशागत समर्पण सम्मान तर्फ शिक्षा शाखा प्रमुख विश्वास विक, सञ्चार संयोजक तिर्थराज ज्ञवाली, पशु स्वास्थ्य प्राविधिक पाँचौ कमल पुन मगर, प्रविधिक सहायक कृषि पाँचौ सीमा भट्ट, असिस्टेन्ट सव इन्जीनियर मनिषलाल चौधरी, कार्यालय सहयोगी बनारसी चौधरी, शिवलाल सुवेदी तथा हलुका सवारी चालक निर्मल शर्मालाई सम्मान गरिएको छ ।

त्यसै गरी राप्ती गाउँपालिकाको गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकाले प्रकाशन गरेका यस आर्थिक वर्षको योजना तथा कार्यक्रम पुस्तक, प्रधानाध्यापक शिक्षक डायरी पुस्तक र गत आर्थिक वर्षको प्रगति प्रतिबेदन पुस्तक विमोचन समेत गरेका थिए । कार्यक्रममा नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, राष्ट्रिय जनमोर्चाका केशबराज खनाल, पुर्व जनप्रतिनिधि शिवा शर्मा, जनमोर्चाका रमेश गुरुङ तथा मनोपरामर्शदाता गोपाल पौडेलले विचार सहित गाउँपालिकाको कार्य प्रगतिबारे समिक्षा गरेका थिए ।

राप्ती गाउँपालिकाले केहि दिनमै पुन गत वर्षको योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने बताएको छ । उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले विषयवस्तु प्रवेश गराएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे