देउखुरीको सिसहनियाँमा प्राकृतिक फुड सप्लिमेन्ट सेन्टर खुल्यो



देउखुरीको सिसहनियाँमा प्राकृतिक फुड सप्लिमेन्ट सेन्टर खुल्यो

सिसहनियाँ १० भदौ । प्राकृतिक फुड सप्लिमेन्ट सेन्टरले बिहिवार देखि देउखुरीको सिसहनियाँबाट सेवा दिन सुरु गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ नयाँबजार सिसहनियाँमा कार्यालय स्थापना गरि सेवा दिन सुरु गरेको हो ।

स्वस्थ परिवार स्वस्थ समाज निमार्णको अभियान भन्ने मुल नारा लिएर सेवा दिन सुरु गरेको सेन्टरले विषेश गरी ग्याष्टिक, सुगर, प्रेसर, पाइल्स, फिसर, फिस्टुला र मानसिक विरामीहरुलाई उपचार सेवा दिने र स्वस्थ समाज निमार्ण गर्ने गरी सेवा प्रवाह गर्ने लक्ष्य रहेको सेन्टरकी सञ्चालक रत्नेश्वरी चौधरीले जानकारी दिएकी छिन् ।

यसै बिच सेन्टरको आज एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ । सेफ वइ मार्केटिङ प्रालिका प्रमुख दयाशरण पुनले रिवन काटेर सेन्टरको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा प्रालिका लुम्बिनी प्रदेश प्रमुख महेन्द्रबहादुर शाही, प्रालिका सञ्चालक सन्तोष ढकाल, सल्यान जिल्ला शाखा प्रमुख खिमराज नेपाली, प्रगती नगर तेस्रो शहरी खानेपानीका अध्यक्ष शान्तराज शर्मा, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, पत्रकार ओमप्रकाश गुप्ता, शंकर मावि पिपरीका प्रअ सुवर्णमान चौधरी लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे