प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त



प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

काठमाण्डौ, १० भदौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् ।मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए ।

प्रदेशसभामा एमालेको एकल बहुमत भएकादे दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ –१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । उनले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे