राप्ती गाउँपालिकाकाे मसुरीया र सिसहनियाँमा जेष्ठ नागरिक दिवा सेवा सुरु



राप्ती गाउँपालिकाकाे मसुरीया र सिसहनियाँमा जेष्ठ नागरिक दिवा सेवा सुरु
सिसहनियाँ ९ भदाै । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु भएको छ । ६० वर्ष माथिका नागरिकलाई एकै ठाउँमा राखेर गफगाफ, भेटघाट, मनोरन्जन, दुख सुख साट्ने गरि बस्ने ब्यवस्थाका साथ दिवा सेवा सुरु भएको हो । गाउँपालिकाकाे वडा नम्बर ३ काे मसुरीया र वडा नम्बर ५ काे सिसहनियाँमा दिवा सेवा सुरु भएको छ ।
बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले  दिवा सेवाको उद्घाटन समेत गरेका छन् । दिवा सेवाको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले नागरिकलाई मनोरन्जन गर्ने, केहि सिक्ने र धेरै सिकाउने तथा दैनिक जिवनलाई सुखमय बनाउन दिवा सेवाले सहयोग गर्ने बताउदै आफ्नो घरको फुरसदलाई सदुपयोग गर्दै दिवा सेवामा सहभागीहुन सबै जेष्ठ नागरिकलाई अनुरोध गरेका छन् ।
सार्वजनिक विदाको दिन बाहेर हरेक दिन दिवा सेवा सञ्चालनहुने बताउदै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले घरमा रहनु भएका जेष्ठ नागरिकको उचित स्हार गर्ने छोरा, छोरी बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रुपमा सम्मान गर्दै आएको बताउदै हरेक परिवारले आफ्ना घरमा रहनुहुने जेष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराईदिन समेत अनुरोध गरेका छन् ।
सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको दिवा सेवाको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु चन्दर चौधरी, गोवर्धन रावत, बेद प्रसाद चौधरीले जेष्ठ नागरिकको सम्मानका लागि दिवा सेवा प्रभावकारी बन्ने बताए । दिवा सेवामा जेष्ठ नागरिकका लागि अध्यनका पाठ्यपुस्तक, मनोरन्जनका लागि बाद्य बादन सामाग्री र खाजाको रुपमा स्वास्थ्य वर्धक खाजाको ब्यवस्था गरिएको महिला विकास निरिक्षक जिवन जिसीले बताइन् ।
राप्ती गाउँपालिका महिला वालवालिका, अपाङ तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पाएक पर्ने गरि मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गरिएको र यो सेवा नियमित रुपमा सञ्चालन हुने सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे