कर उठाउन पञ्चैबाजा अभियान, एक हप्ता पर्खेर फेरि बाजा बजाउने तयारी



कर उठाउन पञ्चैबाजा अभियान, एक हप्ता पर्खेर फेरि बाजा बजाउने तयारी

काठमाण्डाै १० भदाै । काठमाण्डौ महानगरपालिकाले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन पञ्चैबाजा अभियान सुरु गरेको छ । घरजग्गा, सम्पत्तिलगायत व्यावसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगरको टोली बाजागाजासहित घरघरमा पुग्न थालेको हो ।

पहिलो चरणमा महानगरले हिजो न्युरोड, नयाँ बजार, सोल्टीमोडलगायतका ठाउँमा पञ्चैबाजासहित करदाताको घरदैलो अभियान सुरु गरेको हो । अब केही दिन पर्खने र त्यसपछि पनि कर तिर्नेको सङ्ख्या नबढेमा अरु ठाउँमा पञ्चैबाजा बजाउने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आउँदो २४ गतेसम्म कर तिरिसक्न ताकेता गरेको छ । महानगरले २–३ वर्षदेखि २८ वर्षसम्मको घरजग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको हो । यी ठूला करदाताहरुबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।

गएको असार १६ र साउन २४ गते महानगरले ठूला करदातालाई कर दाखिला गर्न ३० दिने सार्वजनिक सूचना निकालेको थियो । तर अटेर गरेपछि महानगरले यस्तो दबाबमूलक कार्यक्रम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे