नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता



नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता

काठमाण्डाै ९ भदाै । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र महेन्द्र ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयाेगमा दर्ता भएकाे छ । दुवै दललाई निर्वाचन आयाेगले बुधवार बेलुका दर्ता भएकाे प्रमाणपत्र दिएकाे हाे । याेसँगै दुवै दलले औपचारिक मान्यता पाएका छन् ।

सरकाले जारी गरेकाे राजनीतिक दलसम्बन्धी अध्यादेशमा रहेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था छ ।

बुधवार नै निर्वाचन आयाेगले नेकपा एकीकृत समाजवादी र लाेकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिएकाे निवेदनमा नेताहरूलाई सनाखतका लागि बाेलाएकाे थियाे ।

नेकपा एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठनका लागि केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । यो कुल सदस्य सङ्ख्याको २७ प्रतिशत हो । तर माधव नेपाल पक्षले एक सांसद अपुग हुँदा सङ्घीय संसदमा २० प्रतिशत भने पुर्‍याउन सकेन । दल दर्ताका लागि  एमालेको एक सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र सनाखत गरे । याे कुल सङ्ख्याकाे १९ दशमलव ४८ प्रतिशत हाे ।  यस्तै राष्ट्रिय सभाका तीन र प्रतिनिधि सभाका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याकाे ४० प्रतिशत हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे