देशभर बुधबार थप २,४८२ जनामा कोरोना संक्रमण पुष्टि, १,७८१ जना संक्रमणमुक्त, ४४ जनाको मृत्यु



देशभर बुधबार थप २,४८२ जनामा कोरोना संक्रमण पुष्टि, १,७८१ जना संक्रमणमुक्त, ४४ जनाको मृत्यु

दाङ ९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९हजार ७ सय ११ पीसीआर परीक्षणमा १ हजार ८ सय ६२ र ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षणमा ६ सय २० जना गरी २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८ सय ६३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ भने ७ लाख ३ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २ सय ५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६ सय १० जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे