दाङमा बुधबार राप्तीका २ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि, राप्तीमा एक संक्रमित पुरूषकाे मृत्यु



दाङमा बुधबार राप्तीका २ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि, राप्तीमा एक संक्रमित पुरूषकाे मृत्यु

दाङ ९ भदौ । दाङमा बुधबार राप्ती गाउँपालिकाका दुइ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार पिसिआर परिक्षणबाट ११ जना र एन्टिजेन्ट टेष्ट परिक्षणबाट १९ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार कोरोना पुष्टि भएका मध्ये देउखुरीकाे राप्ती गाउँपालिकामा १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यस्तै तुलसीपुरका ८ महिला, ९ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी घोराहीमा ३ महिला २ पुरुष, लमहीमा २ महिला, १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बबई गाउँपालिकामा २ महिला १ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । हाल सम्म दाङमा संक्रिय कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । जसमध्ये १२७ होम आईसोलेसनमा र २० जना अस्पतालमा भर्ना भएका छन् ।

यता दाङका एक जना कोरोना संक्रमितको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका-३ निवासी ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी भदौ ५ गते अस्पतालमा भर्ना भएका थिए । उनी सहित हाल सम्म दाङमा कोरोना संक्रमणबाट २ सय ५९ जनाको मृत्यु भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे