दाङ–काठमाडौं प्लेन भाडा १२ सयदेखि ३ हजारसम्म घट्यो



दाङ–काठमाडौं प्लेन भाडा १२ सयदेखि ३ हजारसम्म घट्यो

दाङ ९ भदौ । नेपाल नागरिक उड्यएन प्राधिकरणले दाङ– काठमाडौं हवाई भाडा एक हजार दूई सयदेखि झन्डै तीन हजार रुपैंयासम्म घटाएको छ । भदौ १० गतेदेखि लागु हुने गरि भाडा दर घटाउन सर्कुलर केन्द्रबाट आएको टरिगाउँ एयरपोर्टका प्रमुख कैलाश शर्माले फरककोणलाई बताए ।

बिहीबारदेखि लागुहुने नयाँ भाडादर ५ हजार ७ सय ७० र ६ हजार ८ सय १० रुपैंया निर्धारण गरिएको छ । यसअघिको भाडादर कम्तिमा ७ हजारदेखि सुरु भइ ९ हजार ८ सयसम्म थियो । कसैले पहिले नै टिकट लिएमा उस्ले सस्तो दरको टिकट पाउँछ भने अन्तिममा आउनेले महंगो टिकक किन्नु पर्ने नियम हुन्छ ।

दाङ एयरपोर्टमा सोमबार र शुक्रबार बाहेक हप्ताको पाँचै दिन उडान हुँदै आएको छ । निश्चित सेड्यिुल नभएपनि बिहान साढे ८ बजेदेखि बिहान सवा ९ बजेसम्म प्राय नेपाल एयरलाइन्सको ट्विन्टर बिमानले उडान भर्दै आएको छ । तत्कालिन माओबादी नेता लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री भएको समयमा टरिगाउँ एयरपोर्टको धावन मार्ग लम्बाई ७५० र चौडाई ३० मिटर कालोपत्रे गरिएको छ ।

जिल्लाको एक मात्रै टरिगाउँ एयरपोर्टको धावन मार्ग बिस्तार हुन नसक्दा १८÷१९ सिट क्षमता भन्दा ठूला प्लेन दाङमा अबतरण हुन सक्दैनन् । सानो प्लेन मात्रै यहाँ अबतरण गर्न सक्ने हुँदा भाडादर बाँकेदेखि काठमाडौंको भन्दा तुलनात्मक रुपमा निकै बढी रहेको छ ।

लामो समयदेखि एयरपोर्टको धावन मार्ग बिस्तारको कुरा चल्दै आएको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन । क्षेत्रीय तथा दलिय राजनीतिका कारण इतिहास बोकेको एयरपोर्ट ओझेलमा पर्दै आएको छ ।

दाङ एयरपोर्टका प्रमुख शर्माले पछिल्लो समय यात्रु अभाव हुन थालेपछि यात्रु आकर्षित गर्न भाडा घटाउन आँफुले केन्द्रमा गरेको आग्रह पछि माडा केही घटेको तर्क गरे ।

दाङबाट काठमाडौं जाँदा झन्डै ७ हजार भन्दा कममा नहुने तर,नेपालगञ्जबाट काठमाडौं जान ३ हजार भए पुग्ने स्थितिले गर्दा दाङ लगाएत आसपासका जिल्लाकाहरु धेरै जसो यात्रुहरु बाँके र भैरहवा गएर प्लेन चढ्ने गरेको हुँदा उतै आकर्षित गर्न भाडादर केही घटाउने निर्णय भएको प्रमुख शर्माले बताए ।

जबसम्म एयरपोर्टको धावन मार्ग बिस्तार हुँदैन, जबसम्म अहिलेको भन्दा ठूला प्लेनहरु अवतरण हुँदैनन् तबसम्म टरिगाउँ एयरपोर्टको भबिस्य सुनिश्चित नहुने हुँदा नेताहरु एयरपोर्ट बिस्तारमा इमान्दारीका साथ लाग्नुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

दाङको एक मात्रै टरिगाउँ एयरपोर्ट बिक्रम संबत २०१२ सालदेखि सञ्चालनमा आएको इतिहास छ । यो एयरपोर्ट काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट पछि सञ्चालनमा आएको दोस्रो पुरानो एयरपोर्ट हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे