नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो



नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो

काठमाडौं ९ भदौ । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग-अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने बताए ।

नेताहरुको भनाइअनुसार नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर यस विषयमा निर्वाचन आयोगका अधिकारीहरुको आधिकारिक भनाइ आएको छैन । यसअघि नेकपा एमालेबाट अलग भएका नेपालले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । उनीहरुले दिएको निवेदनअनुसार सनाखत गर्न आयोगले आज दिउँसो २ बजेसम्मको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे