वाइसीयललाई बिकृतीका विरुद्ध लड्न आह्वान
लमही ८ भदाै । नेकपा माओबादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) राजपुर गाउँपालिका को प्रथम गाउँ सम्मेलन आइतबार राजपुरमा सम्पन्न भएको छ।
वाइसीएल राजपुर का संयोजक राजु परियार को अध्यक्षता एवं नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सह- इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता तथा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य तथा क्षेत्र न १ का इन्चार्ज लुमाकान्त न्योपाने (सागर) को विशिस्ट आतिथ्यतामा सम्पन्न सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि १५ जना युवाहरु वाइसीएल मा प्रबेश गरेको माओवादी केन्द्र राजपुर गाउँ कमिटीले जनाएको छ।
सम्मेलनले पुर्ब जनमुक्ती सेनाका कम्पनी सह- कमाण्डर राजु परियार को अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमीटी चयन गरेको छ । आयोजक कमीटीका सदस्य वीर बहादुर बुढाको स्वागत मन्तब्य बाट सुरु भएको सम्मेलनका वक्ताहरुले अहिलेको वाइसीएलले समाज भित्रका बिकृती र बिसंगति विरुद्ध लड्दै पार्टीभित्र बेलाबखतमा देखीने समस्याहरु प्रती पनि खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए।
वाइसीएललाई उत्पादनसँग जोड्दै समाजमा व्याप्त बेरोजगारीको समस्या समाधान गरेर युवाहरुलाई स्वोरोजगार बन्ने वातावरण समेत वाइसीएलले मात्र मिलाउन सक्ने उनिहरु दावी थियो। सम्मेलनमा राजपुर गाउँ कमीटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) वाइसीएल दाङका जिल्ला संयोजक माधब बुढाथोकी, क्षेत्र न १ का संयोजक लेनिन बन्जाडे, मधेसी राष्ट्रिय मुक्ती मोर्चा दाङका अध्यक्ष मिश्रिलाल गुप्ता, सुकुम्बासी संगठनका केन्द्रिय सचिवालय सदस्य अपील लगायत ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सम्मेलनको संचालन गन बहादुर वलीले गरेका थिए।