राप्तीकाे पशुपंक्षी उपचार केन्द्रले आफ्नै भवनबाट सेवा दिन सुरु



राप्तीकाे पशुपंक्षी उपचार केन्द्रले आफ्नै भवनबाट सेवा दिन सुरु
माैरीघाट ८ भदाै । राप्ती गाउँपालिका पशु सेवा शाखाले पशुपंक्षी उपचार सेवा आफ्नै भवनबाट दिन सुरु गरेको छ ।
वडा नम्बर ४ को गोपीनालामा रहेको पशुपंक्षी उपचार केन्द्रको नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको पशुसेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिएका छन् ।
उपचार केन्द्रले पशुसेवा प्रविधिक, पशु स्वास्थ्य प्रविधिक, नायव पशु स्वास्थ्य प्रविधिक गरि ५ जना कर्मचारी सहित आफ्नै भवनबाट निशुल्क सेवा दिन सुरु गरेको रिजालले जानकारी दिएका छन्।
उपचार केन्द्रमा निशुल्क रुपमा पशुपंक्षीहरुको गोवर परिक्षण, आन्तरिक बाहिरी परिजीवीको उपचार, पशुपंक्षी सम्वन्धी सम्पुर्ण रोगको उपचार, खोप सेवा, बन्ध्याकरण सेवा, कृतिम गर्भाधारण सेवा, परामर्श सेवा नियमित रुपमा सञ्चालन भइरहेकाे पशु स्वास्थ्य प्राविधिक कमल पुन मगरले जानकारी दिएका छन् ।
पशु सेवा शाखाले छिटै नै आधारभुत प्रयोगशाला सञ्चालन गर्न लागेको बताउदै रिजालले यस शाखाले सिसहनियाबाट समेत सेवा दिदै आएकोले वडा नम्बर ५ को कार्यालयमा रहेको उपचार केन्द्रमा समेत सम्पर्क गर्न पशुपंक्षी पालकहरुलाई अनुरोध गरेका छन् ।
राप्ती गाउँपालिका पशु सेवा शाखाले एक सुचना मार्फत पछिल्लो समय पशुपंक्षीमा लाग्ने सरुवा रोग जस्तै पीपीआर, खोरेत, चरचरे, भ्यागुते रोगको संक्रमण बढ्न सक्ने सम्भावना देखीएकोले पशुपंक्षी ओसार पसार गर्दा खोप लगाएको वा स्वास्थ्य मापडण्ड पुरा गरेको पशुपंक्षी खरिद बिक्रि तथा ढुवानी गर्न सबैमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे