देउखुरीको रिहारमा एक घर भत्कियो, ५ लाख बराबरको क्षती



देउखुरीको रिहारमा एक घर भत्कियो, ५ लाख बराबरको क्षती

लमही ८ भदौ । देउखुरीमा अविरल वर्षाका कारण एक घर भत्किएको छ । लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी राजु प्रधानको चार कोठे कच्ची घर भत्किएको हो । घर भत्किदा करिव ५ लाख बराबरको क्षती भएको पिडित प्रधानले जानकारी दिनु भएको छ ।

दुबैतिर पक्की घर भएको, वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा र बलेन्द्रीको पानी घरको जगमा पस्न गएका कारण घर कम्जोर भै भत्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

घर भत्किएको खबर पाएपछि वडा नम्बर ९ का वडा सदस्य खिम बहादुर योगी, बुद्धिराम चौधरी, इलाका प्रहरी कार्यालय अमिलियाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घर भत्किएपछि प्रधानको परिवार बिचल्लीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे