दाङ-सल्यान सडक खण्ड अवरुद्ध, पहिरो हटाउने काम जारी



दाङ-सल्यान सडक खण्ड अवरुद्ध, पहिरो हटाउने काम जारी

दाङ ८ भदाै । अविरल वर्षाका कारण दाङ-सल्यान सडकखण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको छ । मंगलबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ लाहुरेचौर स्थित दाङ-सल्यान सडकखण्डमा पहिरो जाँदा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली उक्त स्थानमा पुगी पहिरो हटाउने काम गरी रहेको छ । साथै सो सडक भएर चल्ने सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् । उक्त अवरुद्ध सडक संचालनमा आउन समय लाग्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे