दाङमा साेमबार थप ५७ जनामा कोरोना संक्रमण मुक्त, १० जनामा संक्रमण पुष्टि



दाङमा साेमबार थप ५७ जनामा कोरोना संक्रमण मुक्त, १० जनामा संक्रमण पुष्टि

दाङ ७ भदौ । दाङमा साेमबार ५७ जना कोरोना मुक्त भएका छन् । जस अन्तर्गत घोराहीका ४१ जना, तुलसीपुर र लमहीका ८÷८ जना कोरोना मुक्त भएका हुन् । यसैगरी आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४५ जनामा पिसिआर परिक्षण गर्दा महिलापुरुष ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा घोराहीका ९ जना र तुलसीपुरका एक जना रहेका छन् । अहिले दाङ सकृय बिरामीको संख्या एक सय ४ जनामा झरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

सकृय बिरामीहरु मध्य घरमा ८९ जना, अक्सिजन सहितको उपचारमा ३ जना र आईसियूमा १२ जना रहेका छन् । साेमबार थपिएका सहित बैशाख यता दाङमा ८ हजार ८ सय १४ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ८ हजार ५ सय जना निको भएका छन भने २ सय ११ जनाको मृत्युभएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे