देशभर साेमबार १,८०१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १,९२४ जना संक्रमण मुक्त, २४ जनाकाे मृत्यु



देशभर साेमबार १,८०१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १,९२४ जना संक्रमण मुक्त, २४ जनाकाे मृत्यु

काठमाण्डाै ७ भदाै । देशभर साेमबार थप १ हजार ८ सय १ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ७ सय ४ जानको पीसीआर र दुई हजार ६ सय २२ जनाको एन्टिजेन गरी ११ हजार ३ सय २६ जनाको नमुना परीक्षण गर्दा १ हजार ८ सय १ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो परीक्षण गरिएका नमुनामा १५ दशमलव नौ प्रतिशत हो । पछिल्लो तीन दिन सङ्क्रमण दर पनि घटेको छ । साेमबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख २९ हजार ४ सय ४३ पुगेको छ । यसमध्ये ८० हजार ४ सय ६२ जनाको नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । मन्त्रालयले एन्टिजेन विधिबाट भएका परीक्षणमा निको हुनेको सङ्ख्या देखाउने गरेको छैन ।

यस्तै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दैनिक विवरणअनुसार आज तेस्रो दिन पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी छ ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५ सय ३३ पुगेको छ । अहिले नेपालमा ३८ हजार तीन सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे