लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, दुई सांसद पदमुक्त नभए बैठक चल्न नदिने एमालेको चेतावनी



लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै, दुई सांसद पदमुक्त नभए बैठक चल्न नदिने एमालेको चेतावनी

बुटवल ७ भदौं । लुम्बिनी प्रदेशसभाको बैठक सोमवार बस्दैछ । नवौँ अधिवेशनको तेस्रो बैठक बैठक दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ । बुटवलस्थित प्रदेशसभा भवनमा बैठक बस्नेछ ।

यही भदौ ३ गतेका निर्धारित बैठक स्थगित गरी सोमवारका लागि तय गरिएको हो । नवौँ अधिवेशन भदौ १ देखि सुरु भए पनि दुई सांसदका कारण प्रदेशसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।

प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला वलीको विषयलाई लिएर नेकपा ९एमाले०ले बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । एमालेले विनाविभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाइएको थियो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । एमालेले त्यसमा रोष प्रकट गरिसकेको छ ।
प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८० सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे