दाङमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ४५ जना निको १ जनाकाे मृत्यु



दाङमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, ४५ जना निको १ जनाकाे मृत्यु

घोराही ६ भदौ । दाङमा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ९५ जनामा गरिएको पिसिआर परिक्षण गर्दा ११ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका १० जना, तुलसीपुरका ६, लमहीका २ जना, राप्ती, बबई र शान्तिनगरका एक÷एक जना रहेका छन् । त्यस्तै वितेको २४ घण्टामा ४५ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २६ जना, तुलसीपुर र लमहीका ५÷५ जना, शान्तिनगरका २ जना, बंगलाचुली र गढवाका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका २१ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ५१ जना पुगेको छ । ति मध्य एक सय ३२ जना घरमा, अक्सिजन सहितको उपचारमा ५ जना र आईसियूमा १४ जना रहेको केन्द्रले जनाएको छ ।बैशाख यता दाङमा ८ हजार ८ सय ४ जनामा कोरोना देखिएको छ भने ८ हजार ४ सय ४३ जना निको भएका छन् ।

कोरोना संक्रमणका कारण दाङका थप एक जनाको मृत्युु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नंम्वर ६ का ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यही साउन २७ गते बुधबार कोरोना पुष्टि भई २८ गतेबाट भेरी अस्पतालमा उपचाररत ती पुरुषको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे