देउखुरीबाट जंगली जनावरकाे सुकुटी सहित २ जना पक्राउ



देउखुरीबाट जंगली जनावरकाे सुकुटी सहित २ जना पक्राउ

देउखुरी ६ भदाै । देउखुरीबाट जंगली जनावरको सुकुटी सुकुटी सहित २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी ४६ वर्षका हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी वर्ष ३२ का दामोदर योगी रहेका छन ।

शनिवार बेलुका ६ बजेतिर १२ किलो सुकुटी र र्केही थान कुर्ता सुरुवालका कपडा सहित उनिहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोला बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रवक्ता रिजालका अनुसार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे