देउखुरीकाे अमिलियाबाट ३ थान चितुवाको छाला सहित ३ जना पक्राउ



देउखुरीकाे अमिलियाबाट ३ थान चितुवाको छाला सहित ३ जना पक्राउ

दाङ ६ भदाै। लमही नगरपालिका ९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका ६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे