तुलसीपुरमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु



तुलसीपुरमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु

तुलसीपुर ६ भदौ । अरिङगालको टोकाईबाट तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे बारीमा घाँस काट्ने क्रममा अरिङगालको टोकाईबाट गम्भिर बिरामी परेका तुलसीपुर उपमहानगरपालिका–३ सिद्धेधारा निबासी ४८ बर्षका कर्णबहादुर मल्लको आइतवार बिहान नेपालगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मल्लको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि १२ बजे थप पचारका लागि कोहलपुर लगिदै थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे