शान्ति समाजद्धारा काेराेना खाेप माग सहित ७ बुँदे ध्यानाकर्षण पत्र



शान्ति समाजद्धारा काेराेना खाेप माग सहित ७ बुँदे ध्यानाकर्षण पत्र

दाङ ३ भदौ । सबै नागरिकलाई कोभिड बिरुद्धको खोपको सुनिश्चीता गर्न मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले माग गरेको छ । शान्ति समाज दाङ शााखाले नेपालको संबिधान २०७२ मा उल्लेखित मौलिक हकमा ब्यबस्था भए अनुसार धारा ३५ लाई कार्यान्वयन गर्दै स्वास्थ्य सम्बन्धि हकको सुनिश्चीताको माग गरेको छ ।

साथै सबै वालबालिकालाई खोप लगाई शैक्षिक गतिबिधि सञ्चालन गर्न समेत माग सहितको ७ बुँदे ध्यानकार्षण पत्र दाङका प्रमुख जिल्ला अधिकार एवं जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्वाङलाई शान्ति समाजले बुझाएको छ ।

कोभिड १९ बाट सुरक्षित हुन सबै नगारिकलाई ब्यबस्थीत रुपमा खोप उपलब्ध गराउनुको साथै कोभिड परिक्षणको दायार बढाउन,कोभिड १९ को तेस्रो लहरबाट वालवालिका तथा जेष्ठ नागरिकहरु बढी प्रभाबित हुुने प्रक्षेपणको आधारमा हुन सक्ने संक्रमण र संक्रमितहरुको भर्ना तथा उपचारका लागि आबश्यक तयारी गर्न,बिगत लामोसमयदेखि बालबालिकाहरु अध्ययन गर्न नपाएको शान्ति समाजको ध्यानार्षणमा उल्लेख गरिएको छ ।

प्रबिधि मार्फत अध्यापन गराइएको भएपनि सबैको पहँच हुन सकेको छैन । त्यसका कारण बालबालिकाहरुलाई खोप ब्यबस्था गराई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउर्दै वालबालिकाको पहँच हुने शैक्षिक गतिबिधि सञ्चालन गर्न माग गरिएको छ ।

त्यस्तै,बिपत्तबाट प्रभाबित नागरिकलाई सुरक्षित रुपमा पुर्नस्थापना र राहत उपलब्ध गराउन,बिपत्त हुन सक्ने संभाबित क्षेत्रको पहिचान गरि ती नागरिकलाई सुरक्षित आवासमा ध्यान दिन,कोभिड १९ बिरुद्ध नागरिकलाई थप सचेतना दिन अभियान सञ्चालन गर्नुपर्ने अबस्था देखिएकोले बहुपक्षीय समन्वय र सहकार्य गर्न,कोभिडका कारण कम्जोर अबस्थामा रहेको आर्थिक क्षेत्रका गतिबिधिलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउर्दै गतिशील बनाउन,र मौलक हकको धारा ४४ मा उपभोक्ता हकको ब्यबस्था गरिएको छ ।

सबैजातजाति र धर्मालम्बिहरुले मनाउने चाडपर्व नजिकिदै गर्दा गुणस्तरीय उपभोग्य बस्तु,मुल्यमा एकरुपता र गुणस्तरीय सेवा प्राप्त गर्ने नागरिकको मौलिक हकको कार्यान्वयनका लागि प्रभाबकारी अनुगमन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र दाङका १० वटै स्थानीय तहलाई बुझाउन सुरु गरेको सभापति तुलसीराम सुनारले जानकारी दिए ।

बिहीबार प्रमुख जिल्ला अधिकारी,घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी,लमही नगरपालिकाका उपप्रमुख देबिका बेल्बासे,राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी,गढवा गाँउपालिका अध्यक्ष सहजराम यादव र राजपुर गाँउपालिका अध्यक्ष लोकराज केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ भने अन्य पालिकाहरुमा बुझाउन क्रम जारि रहेको शान्ति समाज दाङ शाखाले जनाएको छ ।

उक्त कार्यक्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिब निर्मल नेपाली लगायत शाखाका सचिव निर्मला डाँगी,कोषाध्यक्ष कोमल डाँगी,सहसचिब उषा गौतम र सदस्य माधव बस्नेत,पत्रकार दिपक डाँगीको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे