राप्तीकाे सिसहनियाँ र मसुरीयामा जेष्ठ नागरिक दिवा सेवा सुरु हुँदै



राप्तीकाे सिसहनियाँ र मसुरीयामा जेष्ठ नागरिक दिवा सेवा सुरु हुँदै
सिसहनिया ३ भदाै । दाङ देउखुरीकाे राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु गर्न थालिएको छ ।
दिवा सेवा सञ्चालनका लागि राप्ती गाउँपालिकाले दुई स्थान छनौट गरि कार्य सुभारम्भ गर्न थालेकोले सम्पुर्ण जेष्ठ नागरिकहरु सो सेवा केन्द्रमा सहभागी हुन राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जेष्ठ नागरिकहरुमा अनुरोध गरेका छन्।
अध्यक्ष सुवदीले घरमा रहेका जेष्ठ नागरिकको उचित स्हारसुसार गर्ने छोरा बुहारी तथा अन्य सदस्यलाई गाउँपालिकाले नियमित रुपमा सम्मान गर्दै आएको बताउँदै हरेक परिवारले आफ्ना घरमा रहेका जेष्ठ नागरिकलाई दिवा सेवामा सहभागी गराईदिन समेत अनुरोध समेत गरेका छन् ।
राप्ती गाउँपालिका महिला बालबालिका, अपाङ तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पाएक पर्ने गरी मसुरीया र सिसहनियाँमा दिवा सेवा सुरु गर्न थालेको महिला विकास निरिक्षक जिवनकुमारी जिसीले जानकारी दिएकी छिन् ।
६० वर्ष माथिका नागरिकलाई एकैठाउ राखेर गफगाफ, भेटघाट गर्ने, मनोरन्जन गर्ने, दुख सुख साट्ने गरि बस्ने ब्यवस्था मिलाई सेवा सुरु गर्न थालिएको सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिएकी छन् । आगामी भदौ ७ गते मसुरीया स्थित रेडक्रम भवन र वडा नम्बर ५ काे वडा कार्यालय भवनबाट जेष्ठ नागरिक दिवा सेवा सुरु गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे