प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस



प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डाै ३ भदाै । सरकारले प्रभुराम शर्मालाई महारथीमा बढुवा गरेर प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले बलाधिकृत रथी शर्मालाई महारथीमा बढुवा गरेर प्रधानसेनापतिमा बढुवा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि गएको साउन १७ गते बलाधिकृत रथी प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापतिमा नियुक्त भएका थिए । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २५ गते सकिने भएपछि उहाँ साउन २५ गतेदेखि घर बिदामा बसेका छन् । साउन २६ गते प्रधानसेनापति थापाले कायममुकायम प्रधानसेनापति बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे