देशभर बिहिबार थप ३,०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २,१२६ जना संक्रमण मुक्त, ३३ जनाकाे मृत्यु



देशभर बिहिबार थप ३,०७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २,१२६ जना संक्रमण मुक्त, ३३ जनाकाे मृत्यु

काठमाण्डाै ३ भदाै । नेपालभर बिहिबारमा थप ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १६ हजार ४ सय ३८ जनाको नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बिहिबार परीक्षण गरिएका नमुनामध्ये १८ दशमलव ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या ८ लाख २० हजार ६ सय ६ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै थप २ हजार १ सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ । यही अवधिमा थप ३३ जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४ सय २९ पुगेको छ ।

अहिले ४० हजार ५ सय जना सक्रिय सङ्क्रमित रहेकामा ७ सय ३९ जनाको आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे