दाङमा बिहिबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमण मुक्त



दाङमा बिहिबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमण मुक्त

दाङ ३ भदाै । दाङमा बिहिबार थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७५ जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ७, लमहीका ३, गढवाका २ र राप्तीका १ जना रहेका छन् । आज कोरोना मुक्त हुनेको संख्या १७ रहेको छ । त्यस्तै मुक्त हुनेहरुमा घोराहीका १० जना, तुलसीपुरका ४ र लमहीका ३ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका २२ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ७७ जना पुगेको छ । ति मध्य एक सय ५८ जना घरमा, अक्सिजन सहितको उपचारमा ९ जना र आईसियूमा १० जना रहेको केन्द्रले जनाएको छ ।

बैशाख यता दाङमा ८ हजार ७ सय ३५ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार ३ सय ७८ जना निको भएका छन् भने २ सय १० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे