देशका धेरै ठाउँमा वर्षा, पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान



देशका धेरै ठाउँमा वर्षा, पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान

काठमाण्डाै २ भदाै । सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा रातिदेखि नै पानी परिरहेको छ ।

उपत्यका सहित वागमती प्रदेश, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिममा अहिले वर्षा नभए  पनि आज पानी पर्ने  अनुमान छ । अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्र नजिक रहेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उले बताए ।

आज र भोलि दुई दिन नै पश्चिमी क्षेत्रमा धेरै वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे