एमाले विभाजनको अन्तिम तयारीमा,नेपाल समुहद्धारा पाटीको नाम समेत छनोट



एमाले विभाजनको अन्तिम तयारीमा,नेपाल समुहद्धारा पाटीको नाम समेत छनोट

काठमाण्डौ २ भदौ । नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट आज(बुधवार) अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि आजै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको नेता मेटमणी चौधरीले बताए ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने टुंगो भइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको चौधरीले बताए। चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुनसक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे