तुलसीपुरमा मतदाता नामावली संकलन कार्य सुरु



तुलसीपुरमा मतदाता नामावली संकलन कार्य सुरु

दाङ १ भदौ । दाङको तुलसीपुरबाट मंगलवार देखी मतदाता नामावली संकलन कार्य सुरु भएको छ । पश्चिम दाङका नागरिकहरुलाई सहज र पाएक पर्ने गरी ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिएको छ ।

नेपाली नागरिकता प्राप्त गरेका तर फोटो सहितको मतदाता नामावली नभएका नागरिकहरुलाई लक्षित गदै तुलसीपुरबाट पनि मतदाता नामावली संकलन कार्य सुरु गरिएको ईलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिए ।

कार्यालयबाट पहिलो दिन ४० बढिले फोटो सहितको मतदाता नामावली बनाएको उहाले जानकारी दिए । यस अघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक हुदै आएको थियो ।

तर निर्वाचन आयोगको पछिल्नो निति अनुसार भदौ देखी देशभर ७७ वटै जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली संकलन थालिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार जिल्लामा अब चार ठाउँबाट मतदाता नामावली संकलन सुरु गरिएको छ । सवै नागरिकलाई सहज र पाएक पर्ने गरी निर्वाचन कार्यालय सहित जिल्ला प्रशासन र लमही तथा तुलसीपुरको ईलाका प्रशासन कार्यालयबाट पनि मतदाता नामावली अद्यावधिक गर्न सकिने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे