दाङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त



दाङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमण मुक्त

दाङ १ भदौ । दाङमा मंगलवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनामा गरिएको पिसिआर परिक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा घोराहीका १४ जना, तुलसीपुर र लमहीका ३÷३ जना, र दंगिशरण र गढवाका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । मंगलवार थपिएका संगै दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ७२ पुगेको छ । ति मध्य १ सय ५३ जना घरमा, आइसीयुमा १० जना र सामान्यमा ९ जना रहेका छन् ।

यस्तै मंगलवार दाङमा १५ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका ७ जना र तुलसीपुरका ८ जना रहेका छन् । मंगलवार थपिएका २२ जना सहित बैशाख यता कोरोना संक्रमित हुनेको कुल संख्या ८ हजार ७ सय २७ जना रहेको छ भने ८ हजार ३ सय ४५ जना निको भएका छन् । त्यस्तै बैशाख यता दाङमा कोरोनाका कारण २ सय १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे