देशभर मंगलबार थप ३,२७४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,९२९ संक्रमण मुक्त, २७ जनाको मृत्यु



देशभर मंगलबार थप ३,२७४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,९२९ संक्रमण मुक्त, २७ जनाको मृत्यु

काठमाण्डाै १ भदाै । देशभर मंगलबार थप ३ हजार २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ जनाको पीसीआर र ६ हजार १ सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा ३ हजार २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार परीक्षणकाे १८ दशमलव पाँच प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे । याे थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १४ हजार १ सय २७ पुगेको छ ।

यस्तै मंगलबार १ हजार ९ सय २९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३ सय ५४ पुगेको छ ।

अहिले नेपालमा ३९ हजार ८ सय ७१ जना सक्रिय सङ्क्रमति छन् । सक्रिय सङ्क्रमितमध्ये ७ सय ९० जनाको आईसीयू र एक सय ९१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे