देउखुरीकाे सिसहनियाँ स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु



देउखुरीकाे सिसहनियाँ स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु

सिसहनियाँ १ भदौ । दाङ-देउखुरीको राप्ती गाउँपालिका-५ सिसहिनयाँमा रहेकाे  सिसहनियाँ स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको छ । स्वास्थ्य चौकीमा गर्भवती चेकजाच, मृगौला, छाती, कलेलो, पीत्त, पाटेघर, पेट सम्न्धिब समस्या लगायत महिला पुरुषमा देखिने विभिन्न समस्याको समाधानका लागि भिडियो एक्सरे तथा ईसिजी सेवा प्रभावकारी रहेको बताउदै भरपर्दो स्वास्थ्य सेवा लिन सिसहनिया स्वास्थ्य चौकी र लालमटिया स्वास्थ्य चौकीमा आउन सेवा ग्राहिलाई डाक्टर पुष्प भुसालले अनुरोध गरेका छन् ।

नागरिकको स्वास्थ्य उपचारका लागि अन्य आवश्यक उपकरणको ब्यवस्था गर्न थप पहल भैरहेको सिसहनियाँ स्वास्थ्य चौकी सञ्चालक समिति अध्यक्ष तथा वडा नं ५ का वडाध्यक्ष गोवर्धन रावतले बताए । सर्वसुलभ रुपमा चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीवाट सेवा लिन स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्काले आम नागरिकमा अनुरोध गरेका छन् ।

यसैबीच आईतवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले भिडियो एक्सरे तथा ईसिजी सेवाको उद्घाटन गरेका छन् । उद्घाछन गर्दै अध्यक्ष सुवेदीले नागरिकको स्वास्थ्य सेवा सर्ब सुलभ पाउने अधिकार लाई संस्थागत गर्न सिसहनियाँमा भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको बताएका छन् । अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सुरु गरिएको बताउदै नागरिकको स्वास्थ्य सुरक्षाको लागि गाउँपालिका लागि रहेको बताएका छन् ।

भिडियो एक्सरेको प्रभावकारीका लागि स्वास्थ्य चेकजाच गरेपछि गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले स्वास्थ्य सेवा लिन चाहने नागरिकले भिडियो एक्सरे तथा ईसिजी सेवा लिन महंगो शुल्क तिर्नुपर्ने र टाढा जानुपर्ने समस्या समाधान भएकोले सर्बसुलभ सस्तो सेवाका लागि सरकारी स्वास्थ्य संस्था रोज्नु्पर्नेमा जोड दिइन् ।

राप्ती गाउँपालिकाले गत वर्ष लालमटिया स्वास्थ्य चौकीबाट भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरेपश्चात सिसहनिया स्वास्थ्य चौकीका सेवा ग्राहिको माग बमोजिम सिसहनियाँ स्वास्थ्य चौकीमा समेत भिडियो एक्सरे तथा ईसिजी सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे