तुलसीपुर बजार क्षेत्रमा अर्धनग्न अवस्थामा भेटिएका एक पुरुषको उद्धार



तुलसीपुर बजार क्षेत्रमा अर्धनग्न अवस्थामा भेटिएका एक पुरुषको उद्धार

तुलसीपुर १ भदौ । तुलसीपुर बजार क्षेत्रमा अर्धनग्न अवस्थामा भेटिएका एक पुरुषको उद्धार गरिएको छ । तुलसीपुर नापी कार्यालय परिसरमा वेवारिसे अर्धनग्न अवस्थामा भेटिएका अन्दाजी १८ वर्षका पुरुषलाई उद्धार गरी मानव सेवा आश्रम गाईडहरमा पठाईएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।

वेवारिसे अवस्थामा अर्धनग्न भई हिडिरहेको भन्ने सुचना प्राप्त भएपछि आश्रमका उर्विन सापकोटा,नगर स्तरिय अपाङग समन्वय समितिका संयोजक दोलक खत्री लगाएतको टोली पुगेर मंगलवार दिउँसो ती पुरुषको उद्धार गरिएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

ती पुरुषको पुरा नाम र ठेगाना समेत पहिचान हुन नसकेको उनले बताए । बजार क्षेत्रमा वेवारिसे अवस्थामा भेटिएका मानिसहरुलाई तुलसीपुर उपमहानगरपालिकाले विगत देखी नै उद्धार गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे