लमही भालुवाङ सडक मर्मत तथा फिलिङको काम सुरु



लमही भालुवाङ सडक मर्मत तथा फिलिङको काम सुरु

भालुवाङ ३२ साउन । पुर्व पश्चिम राजमार्ग अन्तरगत दाङ देउखुरीको लमही भालुवाङ सडक खण्डमा परेको खाल्डाखुल्डीको आज देखि मर्मत तथा फिलिङको काम सुरु भएकाे छ ।आइतवार दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्ग सहितको टोलीले स्थलगत अनुगमन गरेपछि आज देखि मर्मत तथा फिलिङको काम सुरु भएकाे हाे । राप्ती गाउँपालिका क्षेत्रकाे पाखापानी, लालमटिया, बराखुटी, मसुरीया, माैरीघाट, पिपरी, सिसहनियाँ र पहरुवा क्षेत्रमा ठुला ठुला खाडल परेका छन् । पानीपानीमा भने माछा पाेखरी नै बनेकाे छ ।शनिवार रेडियो राप्ती राप्ती तथा टेलिभिजन र देउखुरी टुडे डटकम सहितका विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन, प्रसारण गरेको २४ घण्टा नबित्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्ग, सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्य, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय शोभाराम रिजाल र सञ्चारकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको थियाे ।

अनुगमन पछि प्रमुख जिल्ला अधिकारी कुरूवाङले सोमवारबाट नै सिसहनियाँ देखि भालुवाङ सम्मको सडकमा परेका सम्पूर्ण खाल्डाहरू पुर्ने र फिलिङ्ग गर्ने बताएका थिए ।

पानी पर्न नरोकिएको कारण सडक कालोपत्रे गर्न सकिएको छैन दशै अगाडी सवै काम हुन्छ तर अहिले तत्कालका लागि आवागमन सहज बनाउन सडकको दयाँबायाँ फिलिङ गर्ने, नाली सफा गर्ने र खाडल पुर्ने काम सुरु गर्ने प्रमुख जिल्ला अधिकारी कुरूवाङले  बताएका छन् ।

लगातारको वर्षाले सडकको खाल्डाखुल्डी झन बढ्दै गएर दुर्घटना समेत बढेकाले ढिलै भएपनि सञ्चार माध्यममा आएको समाचार प्रभावले सडक मर्मत हुन थाले पछि केहि राहत भने पक्कै मिल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे