देशभर साेमबार ३,४५१ कोरोना सङ्क्रमण पुष्टि, २, ४५८ संक्रमण मुक्त, ३५ जनाकाे मृत्यु



देशभर साेमबार ३,४५१ कोरोना सङ्क्रमण पुष्टि, २, ४५८ संक्रमण मुक्त, ३५ जनाकाे मृत्यु

काठमाण्डाै ३२ साउन । देशभर साेमबार थप ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५ सय १८ जनाको एन्टिजेन गरी १५ हजार ६ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार ४ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाे हो । साेमबार थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १० हजार आठ सय ५३ पुगेको छ ।

यस्तै साेमबार २ हजार ४ सय ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार एक सय ४० पुगेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३ सय २७ जना पुगेको छ ।

यस्तै अहिले नेपालमा ३९ हजार तीन सय ७१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ९५ जनाको आईसीयू र एक सय ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे