लमही भालुवाङ सडकमा परेको खाल्डाखुल्डीको प्रमुख जिल्ला अधिकारीद्धारा स्थलगत अनुगमन



लमही भालुवाङ सडकमा परेको खाल्डाखुल्डीको प्रमुख जिल्ला अधिकारीद्धारा स्थलगत अनुगमन

भालुवाङ ३१ साउन । पुर्व पश्चिम राजमार्ग अन्तरगत दाङ देउखुरीको लमही भालुवाङ सडक खण्डमा परेको खाल्डाखुल्डीको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्ग सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।

शनिवार रेडियो राप्ती राप्ती तथा टेलिभिजन र देउखुरी टुडे डटकम सहितका विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन, प्रसारण गरेको २४ घण्टा नबित्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्ग, सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्य, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय शोभाराम रिजाल र सञ्चारकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।

अनुगमन पछि प्रमुख जिल्ला अधिकारी कुरूवाङले सोमवारबाट नै सिसहनियाँ देखि भालुवाङ सम्मको सडकमा परेका सम्पूणर् खाल्डाहरू पुर्ने र फिलिङ्ग गर्ने बताउनु भएको छ । त्यसै गरी सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले पनि सोमवारबाट नै सडकको सर्मत तथा फिलिङ गर्ने बताउनु भएको छ ।
पानी पर्न नरोकिएको कारण सडक कालोपत्रे गर्न सकिएको छैन दशै अगाडी सवै काम हुन्छ तर अहिले तत्कालका लागि आवागमन सहज बनाउन सडकको दयाँबायाँ फिलिङ गर्ने, नाली सफा गर्ने र खाडल पुर्ने काम सुरु गर्ने बताउनु भयो । यता राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले सडक हेर्ने काम संघिय सरकारको भएकोले यसमा गाउँपालिकाले हेर्न नमिल्ने भएपनि आफ्नो तर्फबाट सडकको यो दुरदशा देखेर मैले दाङका प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालय दाङका प्रमुख लाई बोलाएर बाटो देखाउन थालेको बताउनु भयो ।

लगातारको वर्षाले सडकको खाल्डाखुल्डी झन बढ्दै गएर दुर्घटना समेत बढेकाले ढिलै भएपनि सञ्चार माध्यममा आएको समाचार प्रभावले सडक मर्मत हुने भएपछि केहि राहत भने पक्कै मिल्ने देखिएको छ । यसै बीच प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङ, जिल्ला प्रहरी प्रमुख काफ्ले, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, हुलाकी सडक निर्माण कम्पनी, नेपाल बिद्युत प्राधिकरण, वन कार्यलय लगायतको टोलीले कालाकाटे-गढवा-राजपुर सडक निर्माणमा देखिएका समस्याको पनि स्थलगत अबलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे