माओवादीको राप्ती गाउँपालिका ५ नम्बर वडा कमिटि अध्यक्षमा : गरिवु चौधरी



माओवादीको राप्ती गाउँपालिका ५ नम्बर वडा कमिटि अध्यक्षमा : गरिवु चौधरी

सिसहनियाँ २९ साउन । नेपाल कम्युष्टि पार्टी राप्ती गाउँपालिका वडा नम्बर ५ को वडा कमिटिको भेला बिहिवार राप्ती गाउँपालिका ५ पहरुवामा सम्पन्न भएको छ । भेलाले गरिवु चौधरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

जसको सचिवमा मनोज दर्लामी मगर र सदस्यहरुमा सरोज चौधरी, तनबहादुर दर्लामी मगर, ठगेन्द्र परियार, प्रतिमा आचार्य, सुरेश थापा, तिलक घर्ती मगर लगायत रहेका छन् ।

वडा कमिटि अध्यक्ष गरिवु चौधरीको अध्यक्षता एवम् पार्टीका दाङ जिल्ला सदस्य चित्रबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टीका दाङ जिल्ला सदस्य राजेन्द्र पुजाली, गाउँ कमिटि सदस्य भगवता शर्मा, एकिकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिका अध्यक्ष कृष्ण बुढा मगर, पुर्व जनमुक्ति सेना सुवास थारु, कमला घिमिरे, वाइसियलका युवराज थापा मगर लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे