देशभर बिहिबार थप ३,२६० जनामा कोरोना सङ्क्रमण पुष्टि, २,२९४ संक्रमण मुक्त, ३२ जनाको मृत्यु



देशभर बिहिबार थप ३,२६० जनामा कोरोना सङ्क्रमण पुष्टि, २,२९४ संक्रमण मुक्त, ३२ जनाको मृत्यु

काठमाडाैँ २८ साउन । देशभर बिहिबार थप तीन हजार दुई सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ६ जनाको पीसीआर र चार हजार ६ सय ५६ जनाको एन्टिजेन गरी १५ हजार चार सय ६२ नमुना परीक्षण गर्दा तीन हजार दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहिबार परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९८ हजार ६ सय ५१ पुगेको छ ।

यस्तै थप दुई हजार दुई सय ९४ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७७ हजार तीन सय ७७ जना पुगेको छ । यस्तै यही अवधिमा थप ३२ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय १२ जना पुगेको छ ।

अहिले नेपालमा ३८ हजार एक सय ८० जना सङ्क्रमित रहेकोमा सात सय ३७ जनाको आईसीयू र एक सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे