लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त



लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त

बुटवल २८ साउन । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८९२० बमोजिम सरकारमा माग दाबी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा मागदाबी गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र मागदाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

केसीले आउँदो २ फागुनसम्म लुम्बिनी प्रदेशको नेतृत्व सम्माल्ने गरी नेपाली कांग्रेससँग सहमति भएको छ । सहमतिअनुसार २ फागुनपछि ८ महिना कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्नेछन् ।

रोल्पा क्षेत्र नं। १ ९क० बाट प्रत्यक्ष निर्वाचित केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तारिक मामिला तथा कानुनमन्त्री थिए । सर्वोच्च अदालते माओवादी केन्द्र र एमालेलाई पूर्वत अवस्थामा फर्काएपछि उनले ६ वैशाखमा राजीनामा दिएर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे