तुलसीपुर खानेपानी संस्था विरुद्ध अख्तियारमा उजुरी, लेखा परिक्षणको विवरण माग



तुलसीपुर खानेपानी संस्था विरुद्ध अख्तियारमा उजुरी, लेखा परिक्षणको विवरण माग

तुलसीपुर २७ साउन । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्जले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई आर्थिक विबरण खुल्ने गरी कागजात र लेखा परिक्षणको प्रतिलिपी पठाउँन निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा गएको साउन १९ गते आर्थिक अनियमितता गरेको भनि उजुरी परेको छ । साउन २० गते कागजात पठाउन संस्थालाई निर्देशन दिएको हो ।

संस्थाका अध्यक्ष खेमराज ओलीको नेतृत्वमा गठित कार्य समितिले आर्थिक हिनामिना, अनियमितता गरेको भन्ने उजुरी परेकोले संस्थालाई आर्थिक विबरण खुल्ने कागजात तथा बिगत पाँच बर्ष देख हाल सम्मको लेखा परक्षिणको प्रतिलिपी पठाउन भनेको हो ।

दुई दनि पछ विवरण पठाउँछौ : अध्यक्ष वली
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले अबक दुई दनिमा माग भए बमोजिम विबरण सहितको प्रतिलिपी पठाउने जानकारी दिएको छन् । आफु अस्वस्थ भएका कारण भनेको समयमा सबै विबरण पठाउन नसकेको बताउँदै अवको दुई दिन भित्र सबै विबरण पठाउने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे