आज धेरै पानी पर्ने अनुमान, भोली देखि मनसुन थप सक्रिय हुने



आज धेरै पानी पर्ने अनुमान, भोली देखि मनसुन थप सक्रिय हुने

काठमाण्डाै २७ साउन । आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

यस्तै, आज राति पनि प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशको एक दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । भोलिदेखि भने मनसुन थप सक्रिय हुने भएकाले धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे