देशभर मंगलबार थप ४,९०४ कोरोना सङ्क्रमण पुष्टि, २,११५ संक्रमण मुक्त, ३५ जनाकाे मृत्यु



देशभर मंगलबार थप ४,९०४ कोरोना सङ्क्रमण पुष्टि, २,११५ संक्रमण मुक्त, ३५ जनाकाे मृत्यु

काठमाण्डाै २६ साउन । देशभर मंगलबार झन्डै पाँच हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार दुई सय १७ जनाको पीसीआर र पाँच हजार नौ सय ६ जनाको एन्टिजेन गरी १९ हजार एक सय २३ जनाको परीक्षण गर्दा चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार परीक्षण गरिएकामध्ये २५ दशमलव ६४ प्रतिशतमा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ९१ हजार नाै सय १० जना पुगेको छ ।

यस्तै थप दुई हजार एक सय १५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७३ हजार एक सय ९८ पुगेको छ । यही अवधिमा काेरोना सङ्क्रमणका कारण थप ३५ जनाले ज्यान गुमाएसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय ५० जना पुगेको छ ।

अहिले नेपालमा ३७ हजार तीन सय ३२ जना सक्रिय सङ्क्रमित रहेकोमा सात सय ७१ जनाको आईसीयू र एक सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे