आज २७ औँ विश्व आदिवासी दिवस, प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त



आज २७ औँ विश्व आदिवासी दिवस, प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

काठमाण्डाै २५ साउन । आज २७ औँ विश्व आदिवासी दिवस । नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ । सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ‘कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नारासहित तय गरिएको छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।

नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यसअनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ  छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे