आज लुम्बिनी सहित प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



आज लुम्बिनी सहित प्रदेश-१  र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै २५ साउन । आज प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यी तीन प्रदेशका केही ठाउँमा दिउँसाे ठूलोपानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उहाँका अनुसार प्रदेश नम्बर १ मा भने आज राति पनि ठूलो पानी पर्ने सम्भावना छ । देशका अन्य क्षेत्रमा भने आज पनि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा घाम लागेको छ ।

देशका धेरै ठाउँको मौसम यतिबेला आंशिकदेखि सामान्य बद्ली भएकाे छ । दिउँसाेपछि भने देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे