देशभर आईतबार थप २,५४८ जनामा काेराेना संक्रमण पुष्टि, २,०२९ संक्रमण मुक्त, ५५ जनाको मृत्यु



देशभर आईतबार थप २,५४८ जनामा काेराेना संक्रमण पुष्टि, २,०२९ संक्रमण मुक्त, ५५ जनाको मृत्यु

काठमाण्डाै २४ साउन । देशभर आईतबार थप २ हजार ५ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ३३ जनाको पीसीआर र ३ हजार ३ सय ४५ जनाको एन्टिजेन गरी १२ हजार ३ सय ७८ जनाको नमुना परीक्षण गर्दा २ हजार ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो कुल परीक्षणको साढे २० प्रतिशतभन्दा धेरै हो । अहिलेसम्म नेपालमा ७ लाख ८३ हजार ३ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप २ हजार २९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार दुई सय ९९ जना पुगेको छ । अहिले नेपालमा ३५ हजार ४ सय ८५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

आईतबार नेपालमा कोरोना सङ्क्रमणका कारण ५५ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञाको समयमा सङ्क्रमित घटेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको भए पनि केही दिनदेखि अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे