भालुवाङमा भुमि आयोग खारेजीको निर्णय सच्चाउन माग गर्दै भुमिहिनद्धारा बिराेध प्रदर्शन



भालुवाङमा भुमि आयोग खारेजीको निर्णय सच्चाउन माग गर्दै भुमिहिनद्धारा बिराेध प्रदर्शन

भालुवाङ २४ साउन । सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको निर्णय सच्याउन माग गदै राप्ती गाउँपालिकाका भुमिहिन सुकुमबासीहरुले लुम्बिनी प्रदेशकाे राजधानी देउखुरीको भालुवाङ पुल्चाेक बजारमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल भुमिहिन सुकुम्बासी संगठन राप्ती गाउँपालिका र मुक्त कमैया समाज दाङले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गंगा थारुले गठबन्धन सरकारले भूमी आयोगको खारेजी गरेर हजारौ लाखौं सुकुम्बासीहरुलाई आगो बनाएको बताइन् । भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिन ओली सरकारले देशका सबै स्थानीय तहहरुमा गृहकार्य अन्तिम चरणमा पुरयाउन थालेको अवस्थामा आयोग नै कोल्याप्स पार्नु निन्दनिय कार्य भएको उनले बताइन ।

भालुबाङका बिल्डीङहरु अधिकांश जंगल एरियामा बनेका तर भूमिहिन सुकुम्वासीहरुको आन्दोलनमा ऐक्यबद्धता समेत जनाउन नचाहाने भालुवाङवासीलाई कटाक्ष गर्दै सांसद चौधरीले घर–घरमा हामीले लालपुर्जा ल्याएर दिने कि आन्दोलन गरेर जग्गाको स्वामित्व लिने प्रश्न गरिन् । सांसद चौधरीले भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीका नाममा फाराम भोरीसकेका भूमिहीन मुक्त कमैया तथा सबै सुकुम्बासीहरु एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताइन । राम्रो कामको खुलेर समर्थन गर्न सक्नुपर्ने सांसद चौधरीले भालुवाङबासीहरुलाई आग्रह गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतिनीधि सभा सदस्य थारुले भालुवाङ बजार लालपुर्जा विहिन र अव्यवस्थित बजार भए पनि बजारबासीले यस समयमा मौन बस्नु दुखद भएको भन्दै आक्रोस समेत पाेखिन । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले लगत इण्ट्रि गरेर भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिने अन्तिम तयारी भएको अवस्थामा गठबन्धन सरकारले भूमी आयोग नै बिघटन गर्नु दुःखद भएको भन्दै भूमि आयोग तत्काल पुर्नस्थापनाको माग गरे ।

कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीले भूमिहिन सुकुम्बासीहरु क्हिले सम्म राजनितिक दलका भरेङ भएर बस्ने भन्दै वर्तमान सरकारसंग भूमी आयोग तत्काल पुर्नस्थापना गर्न माग गरे । जुन सरकारले भूमिहिन सुकुम्बासीको पक्षमा काम गर्छ त्याही सरकार नै जनताको सरकार हो भन्दै वर्तमा गठबन्धन सरकारले गरेको यो काम नालायक भएको बताए ।

कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला कोषाध्यक्ष कमलापति चौधरी ओली सरकारले भूमिहिन सुकुम्बासी र मुक्त कमैयाको पक्षमा काम गरेको भन्दै भूमी आयोग तत्काल ब्यूताउन आफूहरु देशब्यापी आन्दोलनमा लाग्ने चेतावनी दिए ।कार्यक्रम सुरु हुनु अघि भुमि आयोग खारेज गर्न पाईदैन, भुमिहिन सुकुमबासीलाई पुर्जा दे, भुमि आयोग पुर्नबहाली गर, एम सीसी चाहिदैन देश बेच्न पाइदैन जस्ता विभिन्न नारा लगाईएको थियो । नारा लगाउँदै भालुवाङ पुल्चोक बजारको विभिन्न भागमा विरोध ¥याली प्रर्दशन गरिएको थियो ।

मुक्त कमैयाँ समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य गंगा थारुको प्रमुख आतिथ्यता रलुम्बिनी प्रदेश सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको विशिष्ट आतिथ्यतमा भएको विरोध सभा कार्यक्रमको सञ्चालन नेकपा एमाले राप्ती गाउँपालिका सचिव टोपबहादुर झार्कीले गरेका थिए । यसैबीच सोमवार देउखुरीको लमही र गढवामा पनि बिरोध प्रदर्शन गरिने भूमी अधिकार मञ्च र मुक्त कमैया समाज दाङले जनाएको छ ।

(तश्वीर : देउखुरी टुडेकर्मी सन्ताेषकुमार गुप्ता)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे