दाङमा आईतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमण मुक्त



दाङमा आईतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जना संक्रमण मुक्त

दाङ २४ साउन । दाङमा आईतबार  थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ९ पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ४१ पुगेको छ । ति मध्य १ सय १८ जना घरमा, अक्सिजन सहितको उपचारमा १७ जना र आईसियूमा ६ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आईतबार दाङमा २५ जना कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५ सय ६३ जना रहेको छ भने ८ हजार २ सय १३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे